दफा ९९
माल ढुवानी गर्दा माल ढुवानीको विवरण सहितको बील दिनु पर्ने
मालबाहक सार्वजनिक सवारीले कुनै पनि किसिमको माल ढुवानी गर्दा मालसामानको धनीलाई त्यस्तो मालसामानको विवरण सहित उल्लेख गरिएको माल ढुवानीको बील दिनु पर्छ । त्यसरी दिइने बीलको ढाँचा तोकिए बमोजिम हुनेछ ।